सोमबार, जेठ ७, २०८१

प्रधानन्यायाधीश र बारको टोलीबीच छलफल जारी

नेपालखोज २०७८ कार्तिक ७ गते ११:०२

काठमाडौं । न्यायपालिका सुधारका विषयमा नेपाल बार एसोसियसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिच छलफल सुरु भएको छ । छलफल बिहान १० बजेपछि सुरु भएको हो ।

प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोप र अन्य विषयमा छलफल भइरहेको बताइएको छ ।

न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरूमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध लगायत विषयमा पनि कुरा हुनेछ ।

गत शुक्रबार बसेको बारको बैठकले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन समय लाग्ने भएमा गोला प्रथाबाट पेशी तोक्न १५ दिने अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया