सोमबार, जेठ ७, २०८१

यसै सातादेखि लाइसेन्सको नयाँ आवेदन खुल्ने

नेपालखोज २०७८ कार्तिक ७ गते १२:०६

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

कोरोना महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन ।

निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकि नयाँ आवेदन खोल्न लागेको प्रवक्ता भुसालले बताए ।

प्रतिक्रिया