सोमबार, जेठ ७, २०८१

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने

नेपालखोज २०७८ कार्तिक ७ गते १२:४०

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई थप एक लाख डोज फाइजर खोप दिने भएको छ ।

काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् दिएको जानकारी अनुसार १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको हो ।

सो खोप सोमबार काठमाडौं आइपुग्ने बताइएको छ । यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो ।

प्रतिक्रिया