शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाबाट एकलाख मात्रा खोप आउँदै

नेपालखोज २०७८ कार्तिक ७ गते १६:०८

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । रासस

प्रतिक्रिया