शुक्रबार, वैशाख ७, २०८१

प्रचण्ड र नेपाललाई आगामी चुनाव जितेर देखाउन ओलीकाे चुनौती

नेपालखोज २०७८ कार्तिक ७ गते १९:५३
फाइल तस्बिर

काठमाडाैं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन् ।

आइतबार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले जिताइदिएको सांसद संख्या गनेर प्रचण्ड, माधवले संसदमा फार्तिफुर्ति गरेको भन्दै उनीहरूले आगामी निर्वाचनमा नजित्ने दाबी गरेका हुन् ।

माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने उनले तर्क गरे । उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौती दिए ।

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने बताए । उनले वर्तमान सरकारको कुनै गन्तव्य नभएको पनि बताए ।

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पारे । माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरुको सेवामा र उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिडेको उनको आरोप छ ।

उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आह्वान पनि गरे ।

प्रतिक्रिया