शनिबार, जेठ ५, २०८१

८७ अंकले नेप्से बढ्दा ४ अर्ब ३० करोडको काराेबार

नेपालखोज २०७८ कार्तिक ८ गते १५:५१

काठमाडौं । नेप्से २६ सय अंकबाट पनि माथि चढेको छ । अघिल्लो दिन २७ दशमलव ५१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुनः ८७ दशमलव ६३ अंकले बढेर २६ सय ७२ दशमलव २५ अंकमा चढेको हो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६१ अंकले बढेर पाँच सय चार दशमलव ५७ अंकमा पुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको ५३ हजार सात सय ९२ पटकको कारोबारमा ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव चार अंकले बढेर १८ सय ४३ दशमलव २८ अंकमा पुग्दा जलविद्युत समूहको सूचक पनि दुई सय दशमलव ८२ अंकले बढेर २८ सय ५४ दशमलव १० अंकमा पुगेको ।

निर्जीवन बिमा समूहको सूचक पनि चार सय ६७ दशमलव छ अंकले बढेर ११ हजार नौ सय ८९ दशमलव ७६ अंकमा पुग्दा जीवन बिमा, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचकहरु पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज हिमाल दोलखा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय १७ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य चार प्रतिशतले घटेर नौ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता छ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा १६ करोड २५ लाख २३ हजार आठ सय ५९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया