शुक्रबार, जेठ ४, २०८१

इलाममा धामीले थानमा लगेर गरे श्रीमती र छोरीको हत्या

नेपालखोज २०७८ कार्तिक ९ गते १३:०५

इलाम । इलामको देउमाई नगरपालिका ५ बारुङमोमा श्रीमानले श्रीमती र छोरीको हत्या गरेका छन् । ३४ वर्षिय कमल भनिने पूर्णचन्द्र तामाङले ३५ वर्षीया श्रीमती सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेका हुन् ।

एक महिनाबाट धामी बस्दै आएका पूर्णबहादुरले आज विहानको राती पहिला श्रीमतीको हत्या गरेपछि छोरीको हत्या गरेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेको बताइएको छ । धामी बस्ने क्रममा घाँटीसहित शरीरका विभिन्न भागमा टेकेर र थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्र बनाइएको पुजा गर्ने थानमा लगि दुबैजनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले अभियुक्त पूर्णचन्द्र सहित उनका बुबा आमा र दुई दिदि बहिनीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । बिहान उज्यालो भएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया