शनिबार, जेठ ५, २०८१

१८ अंकले बढ्यो नेप्से, ६ अर्ब ६१ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक १० गते १५:३६

काठमाडौं । नेप्से आज पनि उकालो लागेको छ । अघिल्लो दिन ७८ दशमलव ८२ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १८ दशमलव छ अंकले बढेर २७ सय ६९ दशमलव १३ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४९ अंकले बढेर पाँच सय १६ दशमलव ५६ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ७५ हजार छ सय १२ पटकको कारोबारमा एक करोड १५ लाख ९२ हजार दुई सय ३५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज चारवटा समूहको सूचक घटेको छ भने, आठवटा समूहको सूचक बढेको छ ।

लगानी समूहको सूचक भने आज स्थिर रहेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव २६ अंकले बढेर १९ सय एक दशमलव ५५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७८ दशमलव २३ अंकले बढेर १२ हजार चार सय ८९ दशमलव १९ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन सय १७ दशमलव ७४ अंकले बढेर १५ हजार सात सय ६९ दशमलव ३३ अंकमा चढेकोमा फाइनान्स, ट्रेडिङ, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।

जलविद्युत समूहको सूचक पनि २० दशमलव ३८ अंकले घटेर २९ सय ५७ दशमलव ३० अंकमा झरेकोमा विकास बैंक, होटेल तथा पयर्टन र उत्पादनमुलक समूहको सूचक पनि घटेका छन् ।

आज वेष्ट फाइनान्सको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ६८ प्रतिशतले बढेर पाँच सय ८० रुपैयाँमा सेयर कारोबार हुँदा एभरेष्ट बैंकको कन्भटेवल प्रिफरेन्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेर छ सय ३३ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १६ सय छ रुपैयाँ अन्तिम मूल्यमा ४३ करोड १९ लाख ३१ हजार पाँच सय ३३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरु मध्येको सबैभन्दा बढी रकम कारोबार हो ।

प्रतिक्रिया