सोमबार, जेठ ७, २०८१

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ

नेपालखोज २०७८ कार्तिक १० गते १९:२८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ रहेको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरुलगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सोे जिम्मेवारी बुझ–बुझारथ गरेका हुन् । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उहाँहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया