बिहीबार, वैशाख १३, २०८१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खातुन पक्राउ

नेपालखोज २०७८ कार्तिक ११ गते ९:२७


काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका–८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको उक्त व्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया