शनिबार, जेठ ५, २०८१

मध्य भोटेकोसीको आईपीओ बाँडफाँड, तपाईंलाई पर्‍याे ?

नेपालखोज २०७८ कार्तिक १२ गते १०:४८

काठमाडौं मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ ।

बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्।

मध्य भोटेकोसी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो ।

कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

प्रतिक्रिया