आइतबार, वैशाख २३, २०८१

६ वर्षपछि भाइटीकामा खुल्दै रानीपोखरी, छठमा बन्द

नेपालखोज २०७८ कार्तिक १५ गते ७:४८

काठमाडौं । यस वर्ष भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । छ वर्षपछि पहिलोपटक यसपालि रानीपोखरी खुल्न लागेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी एक दिनका लागि रानीपोखरी खुला गर्न लागिएको हो ।

पोखरी भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पु–याएको थियो ।

पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो ।

प्रतिक्रिया