शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ काे मुख्यमन्त्रीमा भाेलि १ बजेभित्र दाबी पेस गर्न आह्वान

नेपालखोज २०७८ कार्तिक १५ गते १६:०७

काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले भोलि (मंगलबार) १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

प्रतिक्रिया