शुक्रबार, वैशाख १४, २०८१

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

नेपालखोज २०७८ कार्तिक १७ गते ६:०४

काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहे पनि दुई प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको विभागको भनाइ छ । आज राति पनि पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया