शुक्रबार, चैत १६, २०८०

कञ्चनपुरमा जुवातास नियन्त्रण अभियान

नेपालखोज २०७८ कार्तिक २० गते २०:०३


काठमाडौं । जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ । जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ ।

चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वका बेलामा हालसम्म ९५ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले कारवाही प्रक्रियासमेत अगाडि बढाउँदै आएको छ । जुवातासका ११ मुद्दामा आठ लाख १४ हजार ५१० रुपैयाँ समेत बरामद गरेको छ ।

समाजमा विकृत्तिका रुपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तररुपमा सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट रु ६२ हजार ७० रकमसमेत बरामद गरिएको छ । रासस

प्रतिक्रिया