बिहीबार, चैत १५, २०८०

झन्डै २ वर्षदेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

नेपालखोज २०७८ कार्तिक २० गते २१:३६

काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ बर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिर देखि खुल्ने भएको छ । कामदार लिन बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात् मंसिर दोस्रो सातादेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

कोरियाको श्रम मन्त्रालयले उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसंगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । नेपालबाट मात्र हरेक वर्ष ५ हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका थिए । तर, कोरियासहितका देशहरुमा कोभिड संक्रमण फैलिए पछि करिब २० महिनादेखि कोरियाले कामदार लिन बन्द गरेको थियो । हाल संक्रमण दर कम हुन थालेपछि कामदार लैजाने प्रक्रिया पुन पुनः सुरु हुन लागेको हो ।

प्रतिक्रिया