बिहीबार, वैशाख ६, २०८१

आधा घण्टामै ८० प्रतिशत चार्ज, टोयोटाको एसयूभी ईभीमा यस्ता छन् फिचर !

नेपालखोज २०७८ कार्तिक २१ गते ११:३३

काठमाडौं । टोयोटाले हालै आफ्नो पहिलो अल-इलेक्ट्रिक एसयूभी ‘टोयोटा बीजेडएक्स फोर ईभी’ प्रस्तुत गरेको छ । यो एसयूभी ५०० किलोमिटरसम्मको रेन्ज दिन सक्षम छ । यसलाई आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टोयोटाले बीजेड सिरिजमा अरु मोडलका इलेक्ट्रिक एसयूभीहरु पनि लन्च गर्ने योजना बनाएको छ । बीजेड को अर्थ बियोन्ड जिरो हो, जसले कार्बन न्युट्रयालिटी प्रतिटोयोटाको प्रतिबद्धता स्पष्ट पार्दछ ।

यो इलेक्ट्रिक एसयूभीको प्लेटफर्म जापानको सुबारु कर्पोरेसनको सहयोगमा तयार पारिएको हो । यो प्लेटफर्मबाट इलेक्ट्रिक एसयूभीले अफ-रोडिङ परफर्मेन्सको क्षमता प्राप्त गर्ने बताइएको छ । टोयोटाका अनुसार कम्पनी एउटा यस्तो इलेक्ट्रिक वाहन बनाउन चाहन्थ्यो जसलाई वर्षौंसम्म सुरक्षित र सहज ढंगले चलाउन सकियोस् खासगरी जाडो महिनामा र त्यो गाडीमा टप क्लासको ब्याट्री क्यापिसिटी पनि होस् ।

टोयोटाको यो ईभीमा ७१.४ किलोवाटको ब्याट्री प्रयोग भएको छ । टोयोटा कम्पनीका अनुसार यो गाडी फ्रन्ट-ह्‌विल-ड्राइभ भर्जनमा ५०० किलोमिटर तथा अल-ह्‌विल-ड्राइभ भर्जनमा लगभग ४६० किलोमिटरको रेन्ज दिन सक्षम छ । यो गाडीको फ्रन्ट-ह्‌विल-ड्राइभ भर्जनले एउटा सिंगल १५० किलोवाटको मोटरलाई सपोर्ट गर्छ भने अल-ह्‌विल-ड्राइभ भर्जनको प्रत्येक एक्सलमा ८० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो एसयूभीले सबै प्रकारका हाई-आउटपुट चार्जरलाई सपोर्ट गर्छ । यसलाई १५० किलोवाटको डायरेक्ट करेन्टमा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टोयोटाको बीजेडएक्स फोर ईभी एउटा मिड साइज एसयूभी हो । जुन मोर्डन एक्सटिरियरका साथ उपलब्ध गराइएको छ । यसमा पारम्परिक-सेपको स्टेयरिङ र विङ-सेप भएको स्टियरिङबीच छनोटको अवसर प्राप्त छ । कम्पनीका यो ईभीले चालकलाई उत्कृष्ट स्टेयरिङको अनुभव दिन्छ । सन् २०२५ सम्म बीजेड सिरिजका सात अरु मोडल बजारमा आउने बताइएको छ ।

प्रतिक्रिया