बिहीबार, चैत १५, २०८०

सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

नेपालखोज २०७८ कार्तिक २१ गते १४:५०


काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका ५ थारखोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको बताइएको छ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार (आज) बिहान दुर्घटना भएको हो। बसमा ३० जना सवार रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन।

बस सडकदेखि २०० मिटर तल खसेको छ। प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।

दुर्घटनामा कम्तीमा २० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । भने अरुको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

प्रतिक्रिया