शुक्रबार, वैशाख ७, २०८१

सल्यान दुर्घटना अपडेट : ९ जनाको परिचय खुल्यो

नेपालखोज २०७८ कार्तिक २१ गते १८:४७


काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । सनाखत हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अरुको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

प्रतिक्रिया