आइतबार, वैशाख २३, २०८१

विश्वासको मत लिँदै वाग्मतीका मुख्यमन्त्री पाण्डे

नेपालखोज २०७८ कार्तिक २२ गते ८:३०

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै छन् । उनले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने छन् ।

बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस भएसँगै मतदान पनि आजै हुने बताइएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । पाण्डे गठबन्धनको दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया