शुक्रबार, चैत १६, २०८०

सल्यानमा जीप दुर्घटना, १ जनाको मृत्यु, १९ जना घाइते

नेपालखोज २०७८ कार्तिक २२ गते १५:०८
तस्बिर रासस ।

काठमाडौं । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना भएको हो । दुर्घछनामा १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

प्रतिक्रिया