शनिबार, जेठ ५, २०८१

१९ अंकको घट्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक २२ गते १५:५६

काठमाडौं । नेप्से घटेको छ । तिहारको लामो बिदापछि आज सोमबार खुुलेको नेप्से १९ दशमलव दुई अंकले घटेर २८ सय २९ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव ७१ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको ४९ हजार पाँच सय ३० पटकको कारोबारमा ७२ लाख सात हजार तीन सय ९६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज तीनवटा समूहको सूचक बढेर बाँकी १० वटा समूहको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९६ अंकले घटेर १८ सय ८३ दशमलव १८ अंकमा पुगेको छ भने निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३७ दशमलव ३७ अंकले घटेर १२ हजार नौ सय ५५ दशमलव पाँच अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय दशमलव चार अंकले घटेर १५ हजार आठ सय १० दशमलव ४१ अंकमा पुगेकोमा विकास बैंक, जलविद्युत, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन् ।

यीबाहेक फाइनान्स समूहको सूचक भने २१ अंकले बढेर २७ सय २२ दशमलव १४ अंकमा पुगेकोमा सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज साहस ऊर्जा लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर छ सय ५२ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सर्पोट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ९६ प्रतिशतले घटेर २४ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता आठ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा ५२ करोड १० लाख तीन हजार पाँच सय ९० रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया