मंगलबार, जेठ १, २०८१

प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपालखोज २०७८ कार्तिक २३ गते ८:१७

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा जान लागेका हुन । उनी नेपाली सेनाको विशेष विमानमा भारत जाने भएका हुन् ।

इन्डोनेसियामा निर्मित कासा विमानमा मंगलबार बिहान पत्नी सुनिता शर्मा सहित नौ सदस्यीय सैन्य टोलीका साथ भारत जानेछन् ।

उनको भ्रमण भार उक्त विमान भारतमा नै रहने र त्यहाँबाट उनलाई कात्तिक २६ मा लिएर फर्कने छ । यसअघिका प्रधानसेनापतिले भारत भ्रमणमा हेलिकप्टर प्रयोग गरेका थिए ।

उनले भारत जानुअघि रक्षामन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतसँग शिष्टाचार भेट गरेर सैन्य साचोका विषय र अन्य राजनीति छलफलको विषय तय गरेका हुन् ।

प्रतिक्रिया