शनिबार, जेठ ५, २०८१

नेप्सेमा उच्च गिरावट, ७९ दशमलव ७९ अंकले घट्दा ६ अर्ब ५२ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक २३ गते १५:४३

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन १९ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ७९ दशमलव ७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव दुई अंकले घटेर पाँच सय १८ दशमलव ८२ अंकमा पुगेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको एक लाख छ सय ६६ पटकको कारोबारमा एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ५२ करोड ७७ लाख २९ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव ९४ अंकले घटेर १८ सय ४७ दशमलव २४ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि एक सय एक दशमलव ८४ अंकले घटेर तीन हजार ७१ दशमलव २५ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि चार सय ६४ दशमलव ४९ अंकले घटेर १२ हजार चार सय ९८ दशमलव ८२ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि तीन सय ७९ दशमलव ८३ अंकले घटेर १५ हजार चार सय ३० दशमलव ५८ अंकमा झरेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज तेह्थुम पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय ६३ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर नौ सय ५६ रुपैयाँ ७० पैसामा कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १५ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ८२ लाख ८१ हजार सात सय ५२ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरु मध्येको सबैभन्दा बढी रकमको कारोबार हो ।

प्रतिक्रिया