शनिबार, वैशाख १५, २०८१

विवादास्पद अभिनेत्री पुनम पाण्डेका श्रीमान पक्राउ

नेपालखोज २०७८ कार्तिक २३ गते १८:१२

काठमाडाैं । अर्धनग्न तस्बिर खिचाउनुका साथै विवादास्पद बयानहरु दिएर एकताका चर्चामा आएकी बलिउड अभिनेत्री पुनम पाण्डेका पति साम बम्बेलाइ मुम्बई पुलिसले हिरासतमा लिएकाे छ ।

उनीमाथी हट अभिनेत्री पुनम पाण्डेविरुद्ध घरेलु हिन्सा गरेको आरोप छ । बम्बेलाइ उनकी श्रीमती पुनमकाे उजुरीका आधारमा पक्राउ गरिएकाे हो भने मारपीटबाट घाइते भएकी पुनमकाे टाउकाे, आँखा तथा अनुहारको चोट जाँचका लागि उनलाई अस्पताल पुर्याइएको छ ।

दुई वर्ष लिभ-इन रिलेशनमा रहेपछि पुनम र बम्बेले २०२० काे सेक्टेम्बर १ मा बांद्रा स्थित आफ्नै घरमा विवाह गरेका थिए । विवाहपछि इंस्टाग्राममा एक तस्बिर सेयर गर्दै उनीहरुले सात जन्मसम्म साथ रहने समयको प्रतीक्षा रहेको कुरा उल्लेख गरेका थिए ।

No description available.

गएकाे वर्ष पनि भएको थियाे मारपीट

साम बम्बे गएकाे वर्ष विवाहकाे केही दिनपछि नै श्रीमती कुटेको आरोपमा गिरफ्तार भएका थिए । गोवामा हनीमुन मनाइरहेका बेला नै पुनमले नवविवाहित श्रीमानविरुद्ध घरेलु हिंसाकाे उजुरी दर्ता गराएकी थिइन् ।

त्यस लगत्तै पुनमले जमानतमा रिहा भएका श्रीमानको पक्ष लिँदै सामजिक सन्जालमा लेखेकी थिइन, ‘कुन विवाहमा उतार-चढाव आउँदैन र ? त्यति बेला पुनमले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई नराम्रोसँग कुटिएको छ । याे आधा हत्या हो ।’ यद्यपि उनले त्यतिबेला सामविरुद्धको उजुरी फिर्ता लिएकी थिइन् ।

No description available.

हालकाे घटनाका सम्बन्धमा मुम्बई पुलिसले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार पुनमका श्रीमानविरुद्ध भारतीय दन्ड संहिता (आईपीसी) का विभिन्न धारा अन्तर्गत उजुरी दर्ता भै उनलाई गिरफ्तार गरिएको छ भने अभिनेत्री पुनमको शरिरका विभिन्न भागमा चाेट देखिएको छ ।

No description available.

अभिनेत्री पुनम एकपटक भारतिय क्रीकेट टिमले आईसीसी वल्ड कपकाे उपाधि जिते सर्वाङ नग्न भएर टिमको स्वागत गर्ने बयान दिएका कारणसमेत चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया