शुक्रबार, वैशाख ७, २०८१

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु, १६ जना घाइते

नेपालखोज २०७८ कार्तिक २४ गते ९:५९


मकवानपुर । हेटौँडास्थित नवलपुरमा ट्रक र बस ठोकिँदा दुईजनाको मृत्यु भएको छ । बसमा सवार १५ जना र ट्रकका चालक घाइते भएका छन् ।

जनकपुरबाट काठमाडौंतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

घाइतेको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रतिक्रिया