श्रीलंकामा बाढी-पहिरो, १६ जनाको मृत्यु, हजारौं विस्थापित
नेपालखोज
२०७८ कार्तिक २५ गते ७:५६

कोलम्बो । एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर श्रीलंकामा १६ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ ।
विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।
अधिकांशको मृत्यु डुबान र चट्याङबाट भएको केन्द्रले जनाएको छ । एक जना बेपत्ता भएको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका छन् ।
सामान्यतया श्रीलंकामा अक्टुबर र नोभेम्बरमा मनसुन सक्रिय रहने गर्छ ।
सम्बन्धित

प्रतिक्रिया