प्रधानन्‍याधीशविरुद्ध फरक ढंगले प्रस्तुत हुँदै नेपाल बार

नेपालखोज २०७८ कार्तिक २५ गते ९:५२


काठमाडौं । नेपाल बार एसोसिएनले आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू, न्यायपरिषद् र न्याय सेवा आयोगमा पत्र पठाएर पेसी नतोक्न र इजलासमा नबस्न आग्रह गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्‍दोलनरत नेपाल बार एसोसिएन आजदेखि फरक ढंगले प्रस्तुत हुने भएको हो ।

यस्तै बारले आजदेखि सर्वोच्च अदालतको प्रांगणमा नै विरोध प्रदर्शन र धर्ना दिने तयारी गरेको छ । यसअघि उनीहरुले आफ्नै प्रांगणमा विरोधका कार्यक्रम गर्दै आएका थिए ।

यस्तै बारले प्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रधानन्यायाधीशको राजीनामाको विषयलाई गम्भिर रुपमा लिन ज्ञापनपत्र पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया