सूनको मूल्य १३ सयले बढ्यो !
नेपालखोज
२०७८ कार्तिक २५ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेको छ । तेजावी सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि आज २० रुपैयाँले नै बढेको छ । आज चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया