प्रदेश १ का साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गरिँदै

नेपालखोज २०७८ कार्तिक २५ गते ११:२४

काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड को अपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नम्बर १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रर्वधन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहकाबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको सम्बन्धमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।

साथै, बैंकको दीर्घकालीन लक्ष्य’समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा’प्राप्तिलाई सहजसँगको यस साझेदारीले थप उचाइमा पुर्‍याउनेमा बैंक विश्वस्त छ ।

देशभर रहेका आफ्ना १३५ वटा शाखा, १८८ एटीएम, ७ एक्सटेन्सन काउन्ट र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू सहितको वृहत सन्जालमार्फत बैंकले निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया