पाचन प्रणालीमा समस्या भएकालाई नर्भिकमा निःशुल्क ओपीडी

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा २७ गते (शनिबार) पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ ।
पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपीडी सञ्चालन हुन लागेको हो । नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिबार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् ।
सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया