वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

नेपालखोज २०७८ कार्तिक २५ गते १२:५६

काठमाडौं । बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

माओवादी केन्द्र र काँग्रेसका एक-एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ ।

स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसअघि जम्कट्टेल एमाले नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

उनीहरुको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशका हाल कायम रहेको ८ मन्त्रालय मध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालय सहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया