आइतबार, जेठ ६, २०८१

चल्यो केटाले पनि स्कर्ट लगाउने फेसन

नेपालखोज २०७८ कार्तिक २५ गते १३:१६

काठमाडौं । बाँच्नु पर्छ अनेक देख्न-भोग्न पाइन्छ भन्ने भनाइ हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको छ । वास्तवमा हो पनि यो संसारले ठूला-ठूला र विचित्रका परिवर्तनहरु देखेको छ । अहिले युरोपमा यस्तै एउटा परिवर्तनको लहर चलेको छ । यो लहरको नारा छ – पहिरनको कुनै जेन्डर (लिंग ) हुँदैन (Clothes Have No Gender) । स्पेनबाट सुरु भएको यो आन्दोलनले अहिले स्कटल्यान्ड र ब्रिटेनमा हंगामा मच्चाइरहेको छ ।

स्कटिस स्कुलको निर्णय
यो आन्दोलनको सुरुआत २०२० मै भएको थियो तर अहिले स्कटल्यान्डको एक स्कुलले आफ्ना विद्यार्थीका लागि नयाँ आदेश जारी गरेको छ । जसमा छात्रलाई पनि स्कर्ट लगाएर स्कुल आउन भनिएको छ । यसले लैंगिक असमानता हटाउने सन्देश दिएको छ । एडिनबर्गको क्यासलभ्यु प्राइमरी स्कुलले यस्तो आदेश दिएको हो । यो स्कुलका छात्रहरुले ‘वियर ए स्कर्ट टु स्कुल’ अभियानमा पनि भाग लिइसकेका छन जुन #ClothesHaveNoGender मुभमेन्टको हिस्सा हो । अहिले यो आन्दोलनलाइ सोसियल मिडियामा भरपूर समर्थन प्राप्त भइरहेको छ ।

कसरी भयो सुरुवात ?
स्पेनमा केही समयपहिले एक छात्रलाई स्कर्ट लगाएर स्कुल आएको आरोपमा निष्कासित गरियो । जब यहाँ ठूला-ठूला तानाशाहहरुको केही चलेन भने एक स्कुले प्रिन्सिपलको आदेश कति दिन टिक्न सक्छ र ? त्यसपछि ती छात्रलाई न्याय दिलाउन पुरुष शिक्षक तथा अन्य छात्रहरु स्कर्ट लगाएर स्कुल आउन थाले । यो आन्दोलन अन्य केही देशमा पनि फैलियो अनि यससँगै लैंगिक समानताको नारा पनि जोडियो ।

स्कटल्यान्डको स्कूलका प्रिन्सिपलको आदेशपछि फेरि एकपटक केटाहरुले स्कर्ट लगाउने फेसनले युरोपमा चर्चा बटुलिरहेको छ ।

-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया