भोलि सबै इजलास बहिष्कार गरिने बारको घोषणा
नेपालखोज
२०७८ कार्तिक २५ गते १३:२७

काठमाडौं । नेपाल बार एसोसिएसनले भोलि सर्वोच्च अदालतका सबै बेन्च (इजलास) बहिस्कार गर्ने घोषणा गरेको छ ।
सर्वोच्च अदालतका अधिकांश न्यायाधीश, कानुन व्यवसायी र बार एसोसिएसन प्रन्या जबराको राजीनामा माग्दै आन्दोलनमा छन् ।
उनले भ्रष्टाचार, अनियमितता सबैको नाइके प्रधानन्यायाधीश भएको अब राजीनामा नदिए पदच्युत गर्नुपर्ने आफूहरूको माग रहेको समेत बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै चर्किएको न्यायालयभित्रको आन्दोलन झन उग्र बन्दै गएको छ ।
आज सर्वोच्च परिसरमै विरोध वकिलहरुले प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप समेत गरेपछि स्थिति झन् चर्किएको छ ।
सम्बन्धित

प्रतिक्रिया