सरकारले काेराेना प्रभावित अतिविपन्न परिवारलाई अनुदान दिने

नेपालखोज २०७८ कार्तिक २५ गते १४:५६

काठमाडौं । काेराेना भाइरस (कोभिड–१९) प्रभावित अतिविपन्न पाँच लाख परिवारलाई सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । सरकारले पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने सुचनामार्फत जनाएकाे छ ।

आज अर्थ मन्त्रालयले सूचना जारी गर्दै काेराेना प्रभावित अतिविपन्न पाँच लाख परिवारलाई एकपटकका लागि १० हजार रुपैयाँका दरले अनुदान रकम वितरण गर्न लागिएको जनाएको हो ।

मन्त्रालयले सूचना जारी गरिएकाे मितिले १५ दिनभित्र तोकिएको परिवारको एक सदस्यले आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्ने जनाएकाे छ ।

प्रतिक्रिया