कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने

काठमाडाैं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रशारण अधिकार लिएको हो ।
बिहीबार भएको सम्झौता पत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति रहेको थियो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ ।
कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरु प्रत्यक्ष प्रशारण हुने छ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् ।
लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोवाटो युथ क्लब आमने सामने हुने छन् । १४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रतिक्रिया