काठमाडौं उपत्यकामा १ सय ५३ जनामा कोरोना पुष्टि

नेपालखोज २०७८ कार्तिक २५ गते १७:००

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्र ११०, भक्तपुरमा ७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय कुल संक्रमितको संख्या एक हजार ४९९ पुगेको छ । जसमध्ये काठमाडौंमा ५१०, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन्।

यस्तै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार देशभर ७ हजार १० जना होम आइसोलेसनमा छन् भने ५२५ संस्थागत , १८८ जना आईसीयू तथा ५४ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया