प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७८ कार्तिक २५ गते १७:४५

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित थिए ।
तस्बिर रासस
सम्बन्धित

प्रतिक्रिया