झापामा जेसीबीको सुविधा सम्पन्न आउटलेट

नेपालखोज २०७८ कार्तिक २५ गते १९:३३

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए । नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको विक्री पछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो,’ उनले भने ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्री पछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

प्रतिक्रिया