शुक्रबार, वैशाख १४, २०८१

बीपी प्रतिष्ठान छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

नेपालखोज २०७८ कार्तिक २६ गते ८:४४

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विषयमा तयार पारिएको छानबिन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने भएको छ ।

प्रधानमन्त्रीलाई बुझाउन लागेको प्रतिवेदनमा प्रतिस्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको स्रोतले बताएको छ ।

स्वास्थमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानबिन टोलीले प्रतिवेदन तयार पारेको हो ।

उपकुलपति गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ ।

रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् ।

आन्दोलन चर्केर सेवा नै प्रभावित हुने अवस्था आएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया