शनिबार, जेठ ५, २०८१

रौतहटमा कार दुर्घटना ४ जनाको मृत्यु, मृतकको सनाखत भएन

नेपालखोज २०७८ कार्तिक २८ गते ८:३०

रौतहट । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गएराति करिब १० बजेतिर जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

मृतकको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएकोछ ।

प्रतिक्रिया