शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भाेलि विश्वासको मत लिने

नेपालखोज २०७८ कार्तिक ३० गते १४:५४

काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएकाे छ । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन भएकाे बताएका छन् ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने जनाइएकाे छ ।

प्रतिक्रिया