शुक्रबार, वैशाख १४, २०८१

६९ अंकले बढ्याे नेप्से, ५ अर्ब ५२ करोडको काराेबार

नेपालखोज २०७८ कार्तिक ३० गते १५:४०

काठमाडौं । नेप्सेको उकालो यात्रा साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि कायम नै रहेको छ । अघिल्लो दिन २६ दसमलव ४४ अंकले बढेको नेप्से आज पनि ६९ दसमलव २२ अंकले बढेर २७ सय ८४ दसमलव ५७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ९२ अंकले बढेर पाँच सय २१ दशमलव ४६ अंकमा पुगेको छ । दुई सय २७ वटा कम्पनीहरुको ६९ हजार दुई सय पटकको कारोबारमा एक करोड ९३ हजार दुई सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार आठ सय ५६ रुपैयाँ ७५ पैसा पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३४ दशमलव ३९ अंकले बढेर १८ सय ४६ दशमलव सात अंकमा पुगेको छ भने निर्जीवन बिमा समूहको सूचक पनि एक सय ८८ दशमलव २४ अंकले बढेर १२ हजार छ सय २५ दशमलव ८० अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि दुुई सय ६८ दशमलव १२ अंकले बढेर १५ हजार चार सय २७ दशमलव ३७ अंकमा पुगेकोमा विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज नेपाल बंगलादेश बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ५८ रुपैयाँ ६० पैसामा सेयर कारोबार हुँदा विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ३७ प्रतिशतले घटेर १६ सय ५० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता आठ सय २५ रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड २६ लाख ८८ हजार चार सय ९८ रुपैयाँ २० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया