भारत र न्युजिल्यान्डबीचको टी-ट्वान्टी आजदेखि
नेपालखोज
२०७८ मंसिर १ गते ११:१०

काठमाडौं । भारत र न्युजिल्यान्डबीच तीनदिवसीय टी–ट्वान्टी सिरिज आज (बुधबार) देखि सुरु हुँदै छ । जयपुरमा हुने पहिलो खेलमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्दै छन् । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने कप्तानी नसम्हाल्ने भएका छन् ।
आराम गर्न भन्दै विलियम्सनले टिमको कप्तानी टिम साउदीलाई दिएका हुन् । उनले २५ नोभेम्बरदेखि सुरु हुन लागेको टेस्ट सिरिजलाई ध्यान दिँदै टी-ट्वान्टी सिरिजमा नखेल्ने भएका हुन् ।
गत आइतबार मात्रै विलियम्सनले टी– ट्वान्टी वर्ल्डकपको फाइनलमा गतिलो प्रदर्शन गरेका थिए । उनले ४८ बलमा ८५ रनको योगदान दिए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
भारत र न्युजिल्यान्डबीच आज (बुधबार) बाट तीन खेलको टी-ट्वान्टी सिरिज सुरु हुने भएको हो भने २५ नोभेम्बरदेखि दुई टेस्ट खेलको सिरिज आयोजना हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया