बिहीबार, वैशाख ६, २०८१

एड्रोइड फोनमा फेरि खतरनाक ‘जोकर भाइरस’

नेपालखोज २०७८ मंसिर १ गते १५:२०

काठमाडौं । गुगलले एकपटक फेरि प्ले स्टोरबाट ७ वटा एड्रोइड एप्समाथि प्रतिबन्ध लगाएको छ । अब ती एप्सहरु फोनमा डाउनलोड हुन सक्ने छैनन् । ज-जसले ती एप्स आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् उनीहरुलाई पनि ती एप्स तुरुन्त डिलिट गर्न सुझाव दिइएको छ ।

ती एड्रोइड एप्स प्रयोग गरे प्रयोगकर्ताको डिभाइसमा Trojan Joker को हमला हुनसक्ने बताइएको छ । जोकर मालवेयरका कारण नै गुगलले ती सातवटा एप्स प्ले स्टोरबाट हटाएको हो । यो भाइरसका बारेमा सिक्योरिटी फर्म Kaspersky ले रिपोर्ट दिएको थियो ।

मालवेयर एनालिस्ट Tatyana Shishkova का अनुसार यी एप्सहरु ‘Trojan’ Joker बाट प्रभावित ( इफेक्टेड ) थिए । यी एड्रोइड एप्सले फोनको सिक्योरिटिलाइ दुस्प्रभावित गरेर महँगो सब्सक्रिप्सन सर्भिसलाई साइनअप गरिदिने बताइन्छ । फोन प्रयोगकर्तालाई यसबारे तब मात्र जानकारी हुन्छ जब उसले निकै रकम गुमाइसकेको हुनेछ ।

जोकर मालवेयर २०१९ मै पत्ता लगाइएको भाइरस हो । यसको प्रयोग साइबर अपराधीहरुबीच सामान्य भइसकेको थियो । यसका माध्यमबाट साइबर अपराधीहरुले एड्रोइड फोन प्रयोगकर्ताहरुलाई टार्गेट गर्छन् र सब्सक्रिप्सन बेस्ड च्यानलबाट रकम चोर्छन् ।

यो खतरनाक मालवेयरलाई गुगलको सिक्योरिटी सिस्टमले पनि मुस्किलले फेला पार्न सक्छ । यी खतरनाक एप्समा Now QRcode Scan, EmojiOne Keyboard, Battery Charging Animations Battery Wallpaper, Dazzling Keyboard, Volume Booster Louder Sound Equalizer, Super Hero-Effect तथा Classic Emoji Keyboard छन् ।

यी एप्स धेरैले डाउनलोड गरेका थिए । गुगलको प्ले स्टोरबाट हटाइए पनि अहिले पनि कतिपय एड्रोइड फोनमा ती एप्स विद्यमान हुन सक्छन् । यदि तपाईंको फोनमा पनि यी सातमध्ये कुनै एप्स छन् भने तुरुन्त तिनलाई डिलिट गर्नु नै आफू सुरक्षित हुनु हो ।

प्रतिक्रिया