मंगलबार, वैशाख १६, २०८२

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बिमा

नेपालखोज २०७८ मंसिर २ गते १३:२१

काठमाडौं । शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसंग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधी बताएका छन् ।

उक्त अन्र्तक्रिया कार्यक्रममा दक्ष एवम् अनुभवि प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरुसंगको समन्वयमा यस अन्तक्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

योसंगै शिवम् सिमेन्टले निरन्तर रुपमा विक्री पछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटिसी), ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया