मंगलबार, वैशाख १६, २०८२

माछापुच्छ्रे र श्रमज्योति बचत तथा ऋण सहकारीको डेबिट कार्ड

नेपालखोज २०७८ मंसिर ४ गते १२:३७

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरिएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कको प्रांगणमा भएको हो ।

सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उप-कार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ क्षेत्रमा मात्र सीमित नरही सहकारीहरु पनि उत्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

प्रतिक्रिया