बुधबार, वैशाख १२, २०८१

जसको चलेन प्रेम विवाह, दोस्रो विवाह पनि गरेनन्

नेपालखोज २०७८ मंसिर ५ गते ९:००

मुम्बई । बलिउडमा धेरैजसो कलाकारले प्रेम विवाह नै गरेका छन्। यद्यपी, कतिपयको प्रेम विवाह केही वर्षको रमाइलो पछि पारपाचुकेमा गएर टुंगिएको छ । विभिन्न कारणले उनिहरुको प्रेम विवाह असफल भएको पाइन्छ, भने कतिपयले त पहिलो असफल विवाह पछि दोस्रो विवाह गर्ने कुरा तर्फ ध्यानसमेत दिएका छैनन्। त्यसैले अहिले उनिहरु सिगंल नै छन्।

करिश्मा कपुर – करिश्मा कपुरले २००३ मा विजनेसम्यान संजय कपुरसँग विवाह गरेकी थिइन् । २०१६ मा आएर उनिहरुबीच पारपाचुके भयो । करिश्मा कपुरको आरोप थियो संजयले उनको शारीरिक तथा यौन शोषण गर्थें । आफ्नो पहिलो विवाह असफल भएपछि करिश्माले दोहोर्‍याएर विवाह गरिनन बरु आफ्ना दुई सन्तान हुर्काउन तर्फ लागिन्।

मनिषा कोइराला – मनिषा कोइरालाले २०१० मा नेपाली युवक सम्राट दाहालसँग प्रेम विवाह गर्दा बलिउडमा धेरै जना आश्चर्यचकित भएका थिए । यद्यपी, यो विवाह दुई वर्ष मात्र टिक्यो । २०१२ मा उनिहरुले सम्बन्ध बिच्छेद गरे । पारपाचुके पछि मनिषाले कतै भनेकि छिन कि सम्राटले उनलाई बुझ्न सकेनन । भनिन्छ, उनिहरुबिच अक्सर झगडा हुन्थ्यो । पारपाचुके पछि मनिषाले सिंगल जीवन नै रोजेकी छिन्।

पूजा भट्ट – फिल्ममेकर महेश भट्टकी छोरी तथा अभिनेत्री पूजा भट्टले मनिष मखीजासँग प्रेम विवाह गरेकि थिइन् । पूजाको आरोप थियो कि मखीजाले उनलाई पिटनेसम्मको काम गर्थें । यहि कारणले मनिषसँग सम्बन्ध बिच्छेद गरेकी पुजाले फेरि दोहोर्याएर विवाह गरिनन्।

कोंकणा सेन शर्मा –अभिनेत्री कोंकणा सेन शर्माले २०१० मा अभिनेता रणवीर शौरीसँग प्रेम विवाह गरेकी थिइन् । विवाहको ५ वर्ष पछि उनिहरु अलग भए । कोंकणाका अनुसार विवाह भएपनि रणवीर अर्की महिलाको रिलेशनशिपमा थिए । सम्बन्ध बिच्छेद पछि कोंकणाले दोहोर्याएर विवाह गरिनन्।

संगीता बिजलानी – एक जमानाकी चर्चित अभिनेत्री संगीता बिजलानीले विवाहित क्रिकेटर अजहरुद्दीन सँग १९९६ मा विवाह गरिन । यद्यपि उनी आफ्नो विवाहित जीवनबाट खुसी हुन सकिनन्। ४ वर्षको विवाहित जीवन पछि पारपाचुके लिएकी संगीताले अहिलेसम्म अर्को विवाह गरेकी छैनन् ।

चित्रांगदा सिंह- अभिनेत्री चित्रांगदा सिंहले गल्फर ज्योति रंधावासँग प्रेम विवाह गरेकी थिइन तर उनको विवाह सफल हुन सकेन । चित्रांगदाले २०१४ मा पारपाचुके लिए पछि अहिले उनि सिंगल छिन्।

रश्मि देसाई- बिग ब‍ोस १३ की बिजेता रश्मि देसाईले २०११ मा टिभी कलाकार नन्दिश सिंहसँग प्रेम विवाह गरेकी थिइन्। विवाह पछि उनिहरुबिच तनाव शुरू भयो र ४ वर्ष पछि नै उनिहरु अलग भए ।

तस्बिर : सामाजिक संजालबाट

प्रतिक्रिया