बुधबार, जेठ १, २०८२

न्यू टाटा अल्ट्रोज एक्सई प्लस मूल्य र विशेषता

नेपालखोज २०७८ मंसिर ५ गते ७:२२

काठमाडाैं । प्रीमियम ह्याचव्याक सेगमेन्टमा वेस्ट सेलिङ कारमध्येको एक टाटा अल्ट्रोजकाे नयाँ ट्रिम लन्च भएको छ जसलाई टाटा अल्ट्रोज एक्सई प्लस नाम दिइएको छ ।

यसका साथ अब टाटा अल्ट्रोज एक्सएम ट्रिमको उत्पादन बन्द भएको छ । यो गाडी अब टाटा अल्ट्रोज एक्सएमको साटो टाटा अल्ट्रोज एक्सई प्लस ट्रिमका रुपमा बजारमा आउनेछ ।

यो गाडी लुक र पावरफुल फिचर्सका कारण तुलनात्मक रुपमा बढी परिस्कृत छ । अल्ट्रोजको नयाँ मूल्य टाटा अल्ट्रोज एक्सई प्लस ट्रिम डिजेल तथा पेट्रोल दुवै विकल्पमा उपलब्ध हुनेछ ।

जसमा टाटा अल्ट्रोज एक्सई प्लस पेट्रोलको मूल्य ६.३५ लाख भारतिय रुपैयाँ तोकिएको छ भने टाटा अल्ट्रोज एक्सई प्लस ट्रिम डीजल भेरियन्टको मूल्य ७.५५ लाख भारतिय रुपैयाँ राखिएको छ ।

यी दुवै मूल्य भारतिय शोरूमको मूल्य हुन् । अल्ट्रोजको यो नयाँ ट्रिममा ३.५ इंन्चकाे फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, फास्ट यूएसबी चार्जर, एडजस्टेबल र अटो फोल्डेबल ORVMs, रिमोट कीलेस इट्री, इलेक्ट्रिक टेम्प्रेचर कंट्रोल समेत अरु थुप्रै विशेषताहरु छन् ।

टाटा अल्ट्रोज भारतको सबैभन्दा सुरक्षित कारमध्येको एक हो । यो कार XE, XE+, XM+, XT, XZ, XZ (O) तथा XZ+ गरी ७ ट्रिम लेवलका १९ वटा भेरियन्टमा प्रस्तुत गरिएको छ ।

टाटा मोटर्सका अनुसार अल्ट्रोजको माइलेज २५.११ किलोमिटर प्रती घन्टा सम्म छ । यसका विभिन्न भेरियन्टको मूल्यको कुरा गर्दा एक्सई पेट्रोलको मूल्य ५.८९ लाख भारुबाट सुरु भएर एक्सजेड प्लसको मूल्य ८.४९ लाख भारुसम्म पुग्छ ।

यसैगरी टाटा अल्ट्रोज एक्स जेड प्लस डार्कको मुल्य ८.७४ लाख भारु छ भने यसको हाइ रेन्ज एक्स जेड प्लस डार्क आइ टर्बोको मूल्य ९.४२ लाख भारु छ । डिजेल भेरियन्ट तर्फ एक्सईको मूल्य ७.४ लाख भारुबाट सुरु भएर एक्सजेड प्लस डिजेलको मूल्य ९.६४ लाख भारुसम्म पुग्छ ।

प्रतिक्रिया