आइतबार, वैशाख ३०, २०८१

‘कसैलाई उच्च दृष्टिले नहेर्नुहोस्- कसैलाई तल्लो दृष्टिले पनि नहेर्नुहोस्’

नेपालखोज २०७८ मंसिर ६ गते ८:३०

नदीहरू बग्नका लागि रूखहरू मात्र नभई विभिन्न प्रकारका वनस्पतिहरू आवश्यक हुन्छन् । हामी मर्नुअघि, हामीले यो पूरा गर्नैपर्छ । कावेरी (नदी) पुकार्दै छिन् ।

-तपाईंले जीवनमा जेसुकै गरे पनि, त्यसलाई राम्रोसँग गर्नुहोस् ।

-यदि तपाईंले आफूभित्र सहज रहन जान्नुभयो भने, हरेक परिस्थिति अवसर बन्छ ।

-कसैलाई उच्च दृष्टिले नहेर्नुहोस्- कसैलाई तल्लो दृष्टिले पनि नहेर्नुहोस् । जब तपाईं हरेकलाई त्यसरी हेर्नुहुन्छ, जस्ता ती छन्, तब तपाईं जीवनमा सहज रूपमा अघि बढ्नुहुनेछ ।

-जबसम्म तपाईं यो सोच्नुहुन्छ कि तपाईं जस्तो हुनुहुन्छ, त्यसका लागि अरू कोही जिम्मेवार छन्, तपाईं आफूले चाहेको जस्तो बन्न सक्नुहुन्न ।

-जब तपाईं ध्यानमा डुब्नुहुन्छ, संगीतको सुर-ताल स्वाभाविक रूपमा तपाईंको जीवनको अंश बन्नेछ । सबैथोक कम्पन हो- सबैथोक ध्वनि हो ।

-महात्मा अर्थात् महान-आत्मा । कोही तबमात्र महात्मा बन्छन्, जब उनी सम्पूर्ण पहिचानहरूबाट पर जीवनको रूपमा काम गर्दछन् ।

-हामी प्रकृतिबाट जति बढी टाढा रहन्छौँ, हामी आफ्नै प्रकृतिबाट समेत त्यति बढी टाढा हुन्छौँ ।

-यदि तपाईं आफ्नो अन्त:स्करणको सम्पर्कमा रहनुभयो भने मात्र, तपाईंले पूर्ण जीवन बाँच्नुहुनेछ ।

-यदि तपाईंको खुसी बाहिर भइरहेका कुराहरूमा निर्भर हुन्छ भने, तपाईं सदैव बाहिरी परिस्थितिको दास बन्नुहुनेछ ।

प्रतिक्रिया